ड्रेसिङ रुममा ई-सिगरेट तान्दै देखिए ऐरन फिञ्च, भिडियो भाइरल

काठमाडौं । अस्ट्रेलियाका ब्याट्सम्यान ऐरन फिञ्च शनिवार भएको आईपीएलको १३ सीजनको खेलमा ड्रेसिङ रुममा ई-सिगरेट तान्दै गरेको देखिएको छ ।

रोयल च्यालेन्जर्स ब्यांग्लोर र राजस्थान रोयल्सको बीचमा भएको खेलमा उनले ड्रेसिङ रुममा ई सिगरेट तानिरहेको भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनेको हो ।

यो म्याचमा ब्यांग्लोरले ७ विकेटको जीत निकालेको थियो । खेल जित्न अन्तिम ओभरमा मात्र १० रनको आवश्यक्ता थियो । त्यहि बेला क्यामेरा ड्रेसिङ रुम घुम्यो ।

ड्रेसिङ रुममा फिञ्च ई सीगरेट तान्दै गरेको अवस्थामा देखिए । अहिले सोसल मिडियामा यसको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?