वाग्मती प्रदेशमा मात्रै ४० हजार बढीले जिते कोरोना संक्रमण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

कुल संक्रमित मध्ये ६९.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइसकेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कुल कोरोना संक्रमण मुक्त भएकाहरु मध्ये वाग्मती प्रदेशबाट मात्रै ४० हजार २ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ७९३२ जना

प्रदेश २ मा १५५७० जना

वाग्मती प्रदेश ४०२४४ जना

गण्डकी प्रदेशमा २२७० जना

लुम्बिनी प्रदेश मा १४७८७ जना

कर्णाली प्रदेशमा ३८६८ जना

सुदूरपश्चिम प्रदेशमा ७८८७ जना

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ८७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

यस्तै, कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?