धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरको १ करोड ५० लाख सहयोग

काठमाडौं । भरतपुर महानगरपालिकाले चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

महानगरको आइतवार बसेको बैठकको निर्णय बमोजिम विभिन्न सर्तहरु लागू गर्दै ध्रुमुस सुन्तली फाउण्डेसनलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

यसअघि महानगरले फाउण्डेसनलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । भने महानगरले दिने भनिएको ६ करोड रुपैयाँ बाँकी नै रहेको छ ।

यसअघि बागमती प्रदेशले पनि रंगशाला निर्माणका लागि फाउण्डेसनलाई ३ करोड रकम उपलब्ध गराएको थियो । साथै मुख्यमन्त्री डोरमणी पौडेलले रंगशाला निर्माणको लागि सधैँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?