चेन्नईलाई गम्भीर धक्का : ब्रावोले अबका खेल गुमाउने

काठमाडौं । लगातार एक पछि अर्को खेल हारिरहेको चेन्नई सुपरकिंग्सलाई गम्भीर धक्का लागेको छ ।

चेन्नईका अलराउण्डर ड्वेन ब्रावोले अबका केहि खेल गुमाउने भएका छन् । उनलाई कम्मरमा चोट लागेको बताइएको छ ।

यो जानकारी टीमका हेड कोच स्टीफन फ्लेमिङले दिएका हुन् ।

ब्रावोले हिजोको दिल्ली क्यापिटल्ससँगको खेलमा समेत अन्तिम ओभर गर्न सकेका थिएनन् । उनलाई दायाँ तर्फको कम्मरमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?