नवरात्रीको पहिलो कारोबार दिन शेयर बजारमा ५.६६ अंकको गिरावट

काठमाडौं । गत साता शेयर बजार २७.१८ अंकले ओरालो लागेको थियो । विज्ञहरुका अनुसार नेप्से फेस्टिभ मुडमा रहेको कारण शेयर बजारले ओरालो यात्रा तय गरिरहेको तर्क गरेका छन् ।

त्यस्तै नवरात्री शुरु भएको पहिलो कारोबार दिन पनि शेयर बजार ५.६६ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि खस्कदो अवस्थामा रहेको छ भने क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक पनि १.८१ अंकले ओरालो लागेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले जनाएको छ ।

०.३६ प्रतिशतले घटेको बजारमा नेप्से परिसुचक १५५६.८० अंकको विन्दुमा आइतबारको कारोबार बन्द भएको छ ।

घटेको बजारमा २ समुहको परिसुचक भने हरियो देखिएको छ । र्निजिवन बिमा समुहको परिसुचक ०.४१ प्रतिशतले बढेको छ भने ट्रेडिङ समुहको परिसुचक १.२५ प्रतिशतले बढेको छ , बाँकि १० समुहको परिसुचक भने सबै घटेको छ ।

आइतवार सर्वाधिक गिरावट हुने समुह विकास बैंक समुहको परिसुचक रहेको छ । उक्त समुहको परिसुचक १.४२ प्रतिशतले ओराले लाग्दा बाँकि ९ समुहको परिसुचक १ प्रतिशत भन्दा थोरैले घटेको छ ।

आइतबारको बजारमा हिमालयन बैंक लिमिटेडको संस्थापक शेयरको सर्वाधिक २४ करोड ४५ लाख ५१ हजार ६ सय रुपैयाँ बराबरको कारोबार भएको छ भने दोस्रोमा नेपाल पूर्नबिमा कम्पनी लिमिटेडको ४ करोड ७६ लाख ५२ हजार ७ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा पनि आईतवार हिमालयन बैंक लिमिटेडको संस्थापक शेयरकै वर्चस्व रहेको छ । उक्त कम्पनीको ८ लाख १५ हजार १ सय ७२ कित्ता शेयरको खरिदविक्रि भएको छ । कारोबार संख्याका आधारमा भने रिलायन्स लाईफ इन्स्योरेन्सको सर्वाधिक १ हजार ३४ पटक कारोबार भएको छ ।

आइतवारको कारोबारमा जनरल इन्स्यनेरेन्सकोशेयर मूल्य सर्वाधिक ९.७८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा आईसिएफसि फाइनेन्सको ५.२६ प्रतिशतले मूल्य बढेको छ । यस्तै आइतबार सर्वाधिक रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ७.५४ प्रतिशतले घटेको छ भने दोस्रेमा नेपाल फाइनेन्स लिमिटेडको ६.२९ प्रतिशतले घटेको छ ।

आइतवार कुल १ सय ८७ कम्पनीको १६ हजार ८ सय ४६ पटकको कारोबारमा ४३ लाख ५२ हजार १० कित्ता शेयर खरिद बिक्रि हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपैयाँ ३६ पैसा बराबरको शेयर कारोबार भएको छ ।

आइतबारको कारोबारमा ३७ कम्पनीको शेयर मूल्य बढ्दा ११० कम्पनीको शेयरमूल्य घटेको छ । बाँकि १७ कम्पनीको शेयरमूल्य भने स्थिर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?