बिडेन र कमलाले दिए नवरात्रीको शुभकामना, बिडेनले भने, ‘असत्यमाथि सत्यको विजय होस्’

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा हिन्दू भोटर्सलाई लोभ्याउने कोशिश जारी छ ।

डेमोक्रेटिक पार्टिका प्रशिडेन्शियल र भाइस प्रेसिडेन्शियल क्यान्डिडेटले शनिवार हिन्दूहरुलाई नवरात्रीको शुभकामना दिएका छन् ।

प्रेशिडेन्सियल क्यान्डिडेट जो बाइडेनले ट्वीटमा भनेका छन्, ‘हिन्दूहरुको महान पर्व शुरु भएको छ, अमेरिका र विश्वमा यो पर्व मनाइरहेका मानिसहरुलाई म र मेरी श्रीमती (जिल बाइडेन) को तर्फबाट शुभकामना छ, एक पटक फेरि असत्य माथि सत्यको जीत होस्, सबैलाई नयाँ अवसर मिलोस् र शुरुवात होस् ।’

त्यस्तै कमला ह्यारिसले भनेकी छन्, ‘म र मेरा श्रीमान (डगलस एमहोफ) नवरात्री मनाइरहेका हिन्दू अमेरिकनहरुलाई बधाई दिन्छौँ, आशा छ कि, यो पर्वले आफ्नो कम्यूनिटीलाई अगाडि बढाउन प्रेरित गरोस्, हामी एउटा यस्तो अमेरिका बनाउन सक्नेछौँ, जसमा सबै एक समान होओस् ।’

अमेरिकामा अहिले करिव २० लाख हिन्दू धर्मावलम्बीहरु रहेका छन् ।

एजेनसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?