हैदराबादले जित्यो टस, कोलकतालाई ब्याटिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३५ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र कोलकता नाइटराडर्सबीच खेल भईरहेको छ ।

हैदराबादले टस जितेर बलिङ रोजेसँगै कोलकता ब्याटिङ गर्न मैदान उत्रिएको छ ।

लगातार दुई म्याचमा हार व्यहोरेको हैदराबाद र कोलकता जस्तोसुकै अवस्थामा पनि खेल जित्नै पर्ने सोचमा मैदान उत्रिनेछन् ।

साथै हैदराबादका कप्तान डेभिड वार्नरलाई आईपीएलमा ५ हजार रन पूरा गर्ने अवसर रहेको छ । उनी यो आँकडा छुनबाट १० रन टाढा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?