कांग्रेस नेता ध्रुव पन्तद्वारा रामशाह विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय तरुण विभागका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेस गोरखाका नेता ध्रुव पन्तले विद्यायललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

नेता पन्तले गोरखा नगरपालिका वडा नं १३ मा रहेको रामशाह माध्यामिक विद्यायललाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पन्तले १२ सय थान मास्क र ५ लिटर सेनिटाईजर हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीकाबीच पनि विद्यालय संचालन भएकाले विद्यार्थीलाई जोखिमबाट जोगाउन स्वास्थ्य सामाग्री सहयोग गरेको उनले बताए ।

उक्त कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष मनोज देवकोटा सदस्य सुरेन्द्र कुमाल,बिनोद पन्थ र क्षेत्रीय उपाध्यक्ष किरण आले लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?