काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २५ कम्पनीले तोकेको समयमा वार्षिक नवीकरण शुल्क नबुझाउँदा नेप्सेको कारबाहीमा परेका छन् ।
असोज मसान्तभित्र सबै कम्पनीले तोकेको वार्षिक शुल्क बुझाउनु पर्ने नियम रहेता पनि हालसम्म पाँच कम्पनीले नविकरण शुल्क नबुझाएको कारण आइतबारका लागी शेयर कारोबार रोक्का गरिएको हो ।
नेप्सेले असोजको पहिलो साता नै नविकरण शुल्क बुझाउन सबै सूचीकृत कम्पनीहरुलाई पत्राचार गरेको थियो ।
नेप्सेमा सूचीकृत करिब २०० वटा कम्पनीले नविकरण शुल्क बुझाएपनि हिमालयन डिष्ट्रिलरी, नेपाल हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर मल्टिपर्पस फाइनान्स लगायतका कम्पनीले नविकरण शुल्क नबुझाएपछि नेप्सेले ती पच्चीस कम्पनीको आइतबार शेयर कारोबार रोक्का गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली व्यवस्था अनुसार ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्ता पूँजी रहेको कम्पनीले १ लाख रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया