नङको हेरविचार कसरी गर्ने

महिलाको सौन्दर्यमा नङ पनि पर्ने हुँदा यसको महत्वपूर्ण भूमिका हुन्छ ।आफ्नो नङको हेरचाह गर्न महिलाहरु निकै उत्सुक पनि हुन्छन् । नङलाई कसरी प्राकृतिक रुपमै हेरविचार गर्न ।नङलाई सधै सफा राख्ने : नङको हेरविचारको पहिलो नियम भनेकै नङलाई कसरी सफा राख्ने हो । नङको सौन्दर्यमा निकै महत्वपूर्ण भूमिका हुन्छ ।नङ मिलाउनेः हप्तामा एक वा दुई पटक नङहरु मिलाइ राख्नु पर्छ । तर, नङ मिलाउँदै एकै दिशाबाट मिलाउनु पर्छ । यदि नङ मिलाउँने साधान छ भने त्यसको पनि प्रयोग गर्न सकिन्छ ।नङलाई भिजाउनेःनङलाई करी १० मिनेटसम्म तेलको कचौरामा भिजाउने, सम्भव भएसम्म ओलिभ अर्थात, जैतुनको तेलमा भिजाउने । साथै कचौरामा अतिकति नुन पनि मिसाउँदा राम्रो हुन्छ ।यसपछि फेरि नुन मिलाइएको मनतातो पानीमा नङलाई भिजाउने । यो प्रक्रियाले नङगलाई बलियो बनाउन सहयोग गर्नुको साथै स्वस्थ पनि बनाउँछ ।नङमा पोलिस लगाउने : नङमा क्लियर पोलिस लगाउने । यदि तपाईको नङहरु निकै लामा छन् भने नङको थप मजबुतीका लागि नङको टुप्पाका तल पोलिस लगाउन नछुटाउने ।नङलाई न टोक्नेः नङलाई कहिँल्यै पनि नटोक्नुस्, यो बानि हटाउन सकिएन भने यसबाट नङको स्वरुपमा नै परिवर्तन आउन सक्दछ ।नङमा केही समयदेखिको सानो घाउ निको भइरहेको छैन वा अन्य कुनै लक्षणसँग सम्बद्ध छ भने हेलचँक्रयाइ नगरि डाक्टर वा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । लापारवाही गरे यसले अरु समस्या पनि निम्त्याउन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?