के कोरोनाले नष्ट गर्छ सुन्न सक्ने क्षमता ?

काठमाडौं । कोरानाले श्रवण शक्ति नष्ट गरिदिन सक्ने तथ्य बाहिरिएको छ ।

कोरोनाको संक्रमणबाट सुन्न सक्ने क्षमता कम हुने वा सबै शक्ति नष्ट गरिदिन पनि सक्ने वैज्ञानिकले बताएका छन् ।

बेलायतमा एउटा यस्तै घटना सार्वजनिक भएको छ । यो दाबी बेलायतको यूनिभर्सिटी कलेज लण्डनका रिसर्चरले गरेका हुन् ।

रिसर्चर्सले कोरोना संक्रमण पछि स्टेरोयड औषधि दिएपछि यसको असर उल्टो हुन सक्ने बताएका छन् । जस्तै कान सुन्न सक्न क्षमता गुमाउन सकिन्छ ।

बीएमजे जर्नलमा प्रकाशित रिपोर्टका अनुसार जो संक्रमितको सुन्न सक्ने क्षमता हरायो उक्त व्यक्ति कोरोना संक्रमण पछि अस्पताल भर्ना भएका थिए ।

भर्ना भएको १० दिनपछि उनी आईसीयूमा भर्ना भए । त्यहाँ उनको ३० दिनसम्म उपचार भयो । बिस्तारै बिस्तारैसंक्रमितको कम्प्लीकेशन्स बढ्न थाल्यो ।

त्यसपछि उनलाई एन्टी भाइरल ड्रग रेमडेसेभिर, स्टेरोयड्स दिइयो र ब्लड ट्रान्सफ्यूजन गरियो । उक्त ट्रिटमेण्ट पछि संक्रमितलाई केहि हदसम्म राहत मिल्यो ।

केहि दिन पछि संक्रमितको दायाँ कानमा केहि बजेको जस्तो सुनियो, तर त्यो आवज पछि अचानक उनको कानले सन्ने क्षमता गुमायो ।

उनको जाँच गर्ने डाक्टरले यो भन्दा पहिलेका कोहि पनि संक्रमितमा यस्तो नभएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?