प्रधानमन्त्री ओलीले भने- ‘राजनीतिक दलले विकास हुन नदिने संकीर्णता देखाउनु हुन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दलले विकासमा अवरोध गर्ने तथा निर्माणका काम हुन नदिने जस्ता संकीर्णता देखाउन नहुने बताएका छन् ।

आइतवार दिउँसो झापाको एक कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । झापाको दमकमा निर्माण गर्न लागिएको एक अस्पताल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले झापामा बन्न लागेको रंगशाला निर्माण हुन नदिएको भन्दै त्यस्तो बताएका हुन् । साथै उनले अवरोधका बाबजुत अर्को ठाउँमा सारेर भएपनि रंगशाला निर्माण गर्ने जिकिर गरे ।

पछिल्ला दिनहरुमा सरकारले गरेका विकास निर्माणका कामहरुको चर्चा गर्दै प्रधानमन्त्री ओलीले हवाई, यातायात तथा रेलमार्गको समेत विकास भएको बताएका छन् । साथै उनले नेपाल हवाई उड्डयान क्षेत्रमा ठुलो फड्को मारेको समेत बताएका छन् ।

त्यस्तै अब तत्कालै पूर्वपश्चिम रेलमार्ग तथा जलमार्ग बनाउने सरकारको योजना रहेको समेत प्रधानमन्त्री ओलीले
सुनाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार दत्तचित्त भएर लागेको र केहि समयमा सफलता हाँसिल गर्ने समेत विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?