सिजनको पहिलो ‘एल क्लासिको’ शनिवार हुँदै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आगामि शनिवार हुँदैछ । सिजनको पहिलो एल क्लासिको बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । रियल मड्रिड र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार ७:४५ मा शुरु हुनेछ ।

ला लिगामा हाल रियल मड्रिड १० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । त्यस्तै, बार्सिलोना भने ७ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।

https://barcanepal.com/bn-logo 2018-03-30T04:20:10Z  https://barcanepal.com/wp-content/uploads/2018/01/bn-logo.png bn-logo  https://barcanepal.com/untitled-2 2018-01-04T13:08:48Z  https://barcanepal.com/wp-content/uploads/2018/01/Untitled-2.png ...

के हो एल क्लासिको, कसरी शुरु भयो ? 

अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई एल क्लासिको भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबले हुने भिडन्तले विश्वभर तहल्का मच्चाउने गर्दछ ।

यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । यी दुई क्लबहरु ला लिगा, कोपा डेल रे,स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।

यो भिडन्त इतिहाँसका कारणले पनि प्रख्यात छ । ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोना र म्याड्रिड स्पेनका दुई ठूला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन् ।

यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् । पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो । तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?