काठमाडौं । चीनको सेन्टर फर डिजीन कन्ट्रोल एण्ड प्रिभेन्सनले फ्रोजन फूड प्याकेजिङको बाहिरी भागमा कोरोना भाइरस भेटिएको बताएको छ ।
चीन सरकारद्वारा सञ्चालित सीसीटिभी च्यानलले यस कुराको पुष्टि गरेको हो । उसले फूड प्याकेजिङको बाहिरी भागमा प्रदूषित भएकोले परीक्षण गर्दा कोरोना भाइरस पाइएको बताएको हो ।
जानकारीका अनुसार यस पटक शेडोंग प्रान्तको तटीय शहर किंगदाओको फूड प्याकेजिङमा कोरोना भाइरस पाइएको हो । तर चिनियाँ ब्रोडकास्टिङ एजेन्सीले भने हालसम्म केहि बताएको छैन ।
फूड प्याकेजिङमा कोरोना पाइएको भन्दै चीनले बाहिरी देशबाट आयात गरेका फ्रोजन फूड प्याकेजिङको परीक्षणमा कडाई गरेको छ ।
यसबारेमा चिनियाँ अधिकारीहरुले यो भन्दा पहिला पनि विभिन्न देशबाट आयातित फ्रोजन फूडमा कोरोना पाइएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया