काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले जनप्रतिनिधिलाई दिइने दशैँ भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् ।
कोरोना संक्रमणको कारण हालको स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै जनप्रतिनिधिलाई दिईदै आएको दशैँ भत्ता नदिने व्यवस्था गर्न माग गरेका हुन् । “खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।” उनले ट्वीट मार्फत भनेका छन् ।
प्रतिनिधि सभाका सदस्य समेत रहेको नेता रावलले उक्त रकम आफ्नो खल्तीबाट कट्टी गर्न समेत आफू मञ्जुरी भएको समेत बताएका छन् ।
साथै अन्य सांसदहरु समेत भत्ता नलिने कुरामा आफ्नो समर्थन रहेको समेत बताए । उनले भनेका छन्, “सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।”
खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 18, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया