काठमाडौं । कोरोना भाइरसको बारेमा दिनानुदिन नयाँ शोध भईरहेका छन् ।
हालै मात्र भएको एक शोधमा ओ ब्लड ग्रुप भएकाहरुलाई कोरोना भाइरसको खतरा कम हुने कुरा पत्ता लागेको छ ।
यदि तपाईको पनि ओ ब्लड ग्रुप हो भने कोरोना संक्रमण भएपनि त्यसको गम्भीर असर नपर्ने शोधले बताएको छ ।
प्रतिष्ठित पत्रिका ब्लड एडभान्सेजमा छापिएको एक शोधमा यो दाबी गरिएको हो ।
ओ ब्लड ग्रुप भएकाहरु कोरोनाको चपेटामा कमै पर्ने गरेको शोधबाट पत्ता लागेको हो ।
शोधकर्ताका अनुसार यूनिभर्सिटी अफ साउदर्न डेनमार्कको टोर्बन ब्यारंगटनले भने त्यहाँको स्थिती फरक रहेको बताएको छ ।
शोधकर्ताहरले यो अध्ययनमा ४.७३ लाख भन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको परीक्षण गरेका थिए ।
यो अध्ययनमा जति मानिस संक्रमित भएको पाइएको थियो। ति मध्ये ओ पोजेटिभहरु कमै थिए । संक्रमितमा ए, बी र एबी ब्लड ग्रुपका धेरै थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया