अभिनेत्री कंगनाको महाराष्ट्र सरकारलाई जवाफ : ‘मलाई मिस नगर्नुस्, म चाँडै आउनेछु’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत यसबेला अत्याधिक चर्चामा छिन् ।

बान्द्रा कोर्टले कास्टिङ डाइरेक्टर साहिल असरफ सय्यदको बयानपछि कंगना र उनकी बहिनीमाथि एफआईआर दर्ता गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि शनिवार मुम्बईको बान्द्रा पुलिस स्टेशनमा कंगना र उनकी बहिनी रंगोली चन्देलमाथि एफआईआर दर्ता भएको थियो ।

यसै एफआइआर माथि उनले जवाफ दिएकी हुन् । उनले नवरात्रीको तस्वीर शेयर गर्दै भनेकी छन्, ‘को-को नवरात्रीको व्रत बसिरहेको छ ? जस्तो कि म पनि व्रत बसिराखेकी छु, यो तस्वीर आजको हो, यसैबीच मेरोविरुद्ध एफआईआर दर्ता भएको छ, लाग्छ महाराष्ट्रमा बसेको पप्पू सेनाले म माथि धेरै ध्यान दिन थालेको छ, मलाई मिस नगर, म छिटै आउँनेछु ।’

उनले यो च्याट मार्फत महाराष्ट्र सरकारसँग लड्न आफू तयार रहेको भान दिलाएकी छन् । यो भन्दा पहिला कंगना र शिवसेनाबीचमा मौखिक द्वन्द्व भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?