सधैँ ‘प्याक’ हुने सार्वजनिक यातायात खाली, भीडभाड हुने बसपार्क सुनसान (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं । काठमाडौंको पुरानो बसपार्क एरियामा सुनसान छाएको छ ।

अघिल्ला वर्षहरुमा चाडवाड नजिकिएसँगै बसपार्क वरिपरि घुमघाम, सपिङ तथा अन्य कामका लागि मानिसहरुको भिडभाड हुने गरेको थियो । कोहि टिकट बुकिङ, कोही घर जानको लागि त कोही काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा जानको लागि बसपार्क जाने हुनाले भीडभाड हुने गरेको थियो । तर यो वर्ष कोरोना महामारीको कारण मानिसहरुको आवत जावतमा कमि आएको छ ।

सधैँ जसो प्याक हुने सार्वजनिक यातायातमा बल्लतल्ल दुई चार जना मात्र यात्रुहरु पाइने सवारी चालकहरुको गुनासो छ ।

तस्वीरहरु हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?