म्यान्चेष्टर युनाइटेडको शानदार जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले शानदार जित हात पारेको छ । शनिवार राति भएको खेलमा युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो ।

लुकी शाको आत्मघाति गोलसँगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

Manchester United drop defensive selection hint vs Newcastle United -  Manchester Evening News

खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा विन विसाकाले युनाइटेडलाई ३–१ ले अघि बढाए ।

Manchester United fans react to Marcus Rashford's performance vs Newcastle  United

इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए । युनाइटेडले लिगको ४ खेलमा ६ अंक जोडेर १४ औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?