गस्तीमा रहेका असईको शव फेला

काठमाडौं । कैलालीमा एक असई शव फेला परेको छ ।

गस्तीमा खटिएका असई गोविन्द विकको शव फेला परेको हो ।

त्यस्तै उनीसँगै गस्तीमा रहेका अर्का हवल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना जिगडा चौकीबाट मोटरसाइकल चढी सीमा क्षेत्रमा गस्तीका लागि गएका थिए । भने असईको शव मोहना नदीमा फेला परेको हो ।

साथै उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमानले देखाएको छ । यद्यपी थप विवरण आउँन भने बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?