नव आगन्तुक क्लब क्याडिजसँग रियल मड्रिड स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड नव आगन्तुक क्लबसँग स्तब्ध बनेको छ ।

शनिवार राति भएको खेलमा रियल नव आगन्तुक क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।

रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा लोजानोले गोल गरेका थिए ।

जितसँगै क्याडिज तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । क्याडिजले ६ खेलमा १० अंक जोडेको छ ।

रियल शीर्ष स्थानमा यथावत रहेको छ । सिजनको पहिलो हार व्यहोरेको रियलले ५ खेलमा १० अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?