अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बुधवार शाहले आफ्नो गन्ध हराएको कारण पीसिआर परिक्षण गराएका थिए । तर त्यसबेला रिर्पोट नेगेटिभ आएको थियो । रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको हो ।

गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको आइसोलेसन बसेका शाहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?