आईपीएलमा आज छैटौँ डबल हेडर : हैदराबादसँग कोलकता र पञ्जावसँग मुम्बई भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको छैटौँ डबल हेडर आज हुँदैछ ।

आज दिउँसो ३ः४५ मा सनराइजर्स हैदराबाद र कोलकतानाइट राइडर्स भिड्दैछन् भने साँझ ७ः४५ मा किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

लगातार दुई म्याचमा हार व्यहोरेको हैदराबाद र कोलकता जस्तोसुकै अवस्थामा पनि खेल जित्नै पर्ने सोचमा मैदान उत्रिनेछन् ।

साथै हैदराबादका कप्तान डेभिड वार्नरलाई आईपीएलमा ५ हजार रन पूरा गर्ने अवसर रहेको छ । उनी यो आँकडा छुनबाट १० रन टाढा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?