काठमाडौं । शनिवारदेखि संयुक्त बल्खु सुमो पार्क समिति सञ्चालनमा आएको छ ।
काठमाडौंको बल्खुमा रहेको नेपाल प्रध्यापक संघको जग्गालाई समितिले लिजमा लिई पार्क सञ्चालनमा ल्याइको हो ।
शनिवार एक कार्यक्रमकाबीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले उक्त पार्कको उद्घाटन गरेका हुन् ।
उक्त पार्क सञ्चालनमा आएसँगै अब करिब ४० वटा व्यवसायिक समितिहरुका ७ सय भन्दा बढि गाडीहरु अब एउटै समितिबाट चल्ने भएका छन् ।
मन्त्री फुँयालले बोल्दै छरिएर रहेका व्यवसायिक समितिहरुलाई एकिकृत गरी सञ्चालन गर्नु सहरानीय काम भएको बताएका छन् ।
त्यस्तै संयुक्त बल्खु सुमो पार्क सञ्चालन समितिका अध्यक्ष दिपेन्द्र कार्कीले यात्रु, व्यवसायी र मजदुरलाई समेत व्यवस्थित र मर्यादीत बनाउने उदेश्यले अधिकांश समितिहरुलाई समेटी पार्क सञ्चालनमा ल्याइएको बताएका छन् ।
त्यस्तै सरकारले तोकिएको भाडादर भन्दा बढि लिने, यात्रु ठगिने र गन्तव्यसम्म पुग्न असुरक्षीत हुनुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
साथै पार्कमा टिकट काउण्टर, यात्रु बस्ने स्थान तथा प्रतिक्षलय, महानगरीय प्रहारी प्रभाग, बल्खुको कार्यालयलगायतका भौतिक संरचनाहरु निर्माण समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया