अर्मेनियाको मिसाइल हमलामा १३ जनाको मृत्यु, ५० घाईते : अजरबैजान

काठमाडौं । नागोर्नो कराबाख क्षेत्रमा जारी संघर्षकाबीच अजरबैजानले शनिवार अर्मेनियाले आफ्नो दोश्रो ठूलो शहरमा ब्ल्यास्टिक मिसाइल हमला गरेको बताएको छ ।

हमलामा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाईते भएको अजरबैजानले बताएको हो । तर अर्मेनियाली रक्षा मन्त्रालयले भने यो समाचारमा इन्कार गरेको छ ।

दुबै देशबीच रुसको मध्यस्थतामा भएको युद्धविराम पछि पनि युद्ध जारी छ ।

अजरबैजानका अधिकारीका अनुसार सोवियत कालमा निर्मित स्कड मिसाइलबाट गान्जा शहरमा हमला हुँदा २० आवासीय घरहरु नष्ट भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?