६’ए’ साईड फुटबल प्रतियोगिताको उपाधि तारकेश्वरको पोल्टामा, चक्रपथ स्तब्ध

काठमाडौं । तारकेश्वर फुटबल प्रतियोगिताको उपाधि आयोजक तारकेश्वर युवा क्लबले हात पारेको छ । काठमाडौंको तारकेश्वरमा जारी ६’ए’ साईड प्रतियोगितामा तारकेश्वर युवा क्लबले चक्रपथ युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

तारकेश्वरलाई जित दिलाउन सुजन महर्जनले पेनाल्टिमा एक गोल गरे । खेलको पहिलो हाफमा चक्रपथले ह्यानड बल गरेपछि तारकेश्वरले पेनाल्टि पाएको थियो । पेनाल्टिलाई सदुपयोग गर्दै सुजन महर्जनले तारकेश्वरको जित सुनिश्चित गरे ।

विजेता तारकेश्वर युवा क्लबले ट्रफी सहित २० हजार प्राप्त गरेको प्रतियोगिताका संयोजक प्रज्वल लामाले लोकपथलाई जानकारी दिए । दोस्रो भएको चक्रपथ युथ क्लबले मेडलसहित १० हजार प्राप्त गरेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको माछापोखरी जी ब्रदर्स टिमले मेडल सहित ५ हजार प्राप्त गरेको छ ।

खेलमा बेस्ट प्लेयर अवार्ड साशी गुरुङले हात पार्दै मेडल सहित ५ हजार प्राप्त गरेका छन् । साथै, उत्कृष्ट गोलरक्षक भने अजय लामिछानेले हात पारे ।

एन्फाका अन्तर्राष्ट्रिय रेफ्री राजेश श्रेष्ठले खेलमा रेफ्रीको भुमिका निभाएका थिए ।

प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिका रुपमा तालिम तथा निर्देशनालयका प्रमुख महेन्द्र राईको उपस्थिति रहने छ भने अन्तर्राष्ट्रिय रेफ्री सुदर्शन जमकटेलको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?