सोमवार जन्मिएका मानिसहरुको भाग्य कस्तो हुन्छ, कुन क्षेत्रमा प्रगति गर्दछन् ?

काठमाडौं । जन्मवार अनुसार मानिसको स्वभाव,विचार र कार्य गर्ने क्षमता फरक फरक हुने गर्दछ । भाग्य समेत जन्मबारले निर्धारण गर्ने शास्त्रीय मान्यता रहेको छ । मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा,भविष्य निर्धारण भएजस्तै जन्मबारले पनि भाग्यको निर्धारण हुन्छ । ज्योतिष विज्ञानले पनि मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा मान्दछ । यसर्थ सोमवार जन्मेका मानिसहरु कस्ता हुन्छन् यहाँ उल्लेख गरिएको छ ।

सोमवार जन्मेका मानिसहरुमा चन्द्रमाको प्रभाव बढि हुन्छ । जसरी पूर्णिमाको चन्द्रमाले मानव,जिव तथा वनस्पतीले शितलता लिईरहेका हुन्छन् । त्यस्तै सोमवार जन्मने मानिसहरु शालिन,शान्त तथा अरुलाई शितलता प्रदान गर्न सक्ने क्षमता भएका हुन्छन् । सोमवार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । ज्योतिष बिज्ञानका अनुशार चन्द्रमाको गती अन्य सबै ग्रहहरु भन्दा छिटो छ । त्यसैले पनि सोमवार जन्मने मानिसहरु छिटो छरितो ढंगले कामहरु गर्न रुचाउछन् । सौन्दर्यमा निकै ध्यान दिने यिनिहरुको सुन्दरताले धेरैलाई आकर्षित पनि गरेको हुन्छ ।

चन्द्रमा वायव्य दिशाको स्वामी मानिन्छ त्यसले सोमबार जन्मेका मानिसहरु बायव्य दिशामा गएर काम गर्ने वा प्रगति गर्दछन् । चन्द्रमालाई मन,मस्तिष्क र माताको कारक मानिने हुनाले सोमवार जम्मने मानिसको मन चन्चल तथा दिमाग तेजिलो हुन्छ । यिनिहरु निकै नै भावुक हुने हुनाले लेखन,कला तथा साहित्यमा राम्रो प्रगति गर्दछन् ।

सोमवारलाई यस,मुखकान्ती,जलीय स्थान,आयात निर्यात,होटल,माछा,तरल पदार्थ ईत्यादीको कारक बारपनि मानिन्छ । त्यसैले सोमबार जन्मने मानिसहरु औषधी,जल,दुध तथा दुग्ध पदार्थ, चादी,रेष्टुरेन्ट,जलसेना,हाईड्रो ईन्जिनियर,पाईलट ,खनिज पदार्थको व्यापार व्यवसायबाट मनग्गे धन सम्पती कमाउछन् । सोमबार जन्मने मानिसहरु प्राय गरेर डाक्टर,पाईलट,हाईड्रो ईन्जिनियर,कृषि तथा पशुपालन र मिडिया सम्बन्धी शिक्षामा आफूलाई अब्बल साबित गर्दछन् ।

सोमवार जन्मने मानिसहरु लाई प्रजनन् सम्बन्धी रोग,गर्भाशयबाट हुने रोग,जलबाट हुने रोग,रगत,नेव्रे आखा तथा छाती सम्बन्धी समस्या देखा पर्दछ । यिनिहरु संवेदनशील हुन्छन् र चाडै नर्भस पनि हुन्छन् ।

ज्यो.दुर्गा भण्डारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?