परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो

काठमाडौं, ४ चैत । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बधाइ तथा शुभकामना दिएकी छन् ।विदेशन्त्री स्वराजले टेलिफोनमार्फत बधाइ तथा शुभकामना दिँदै परराष्ट्रमन्त्री ज्ञवालीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्भ अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् ।काठमाडौंस्थित भारतीय दूतावासका अनुसार स्वराजले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो समेत दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?