काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण विश्वमा ११ लाख १४ हजार ५४७ जनाको मृत्यु भएको छ भने ३ करोड ९९ लाख ४४ हजार १२६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ९८ लाख ८४ हजार १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ हजार ९५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख २४ हजार २८२ जनाको मृत्यु भएको छ भने ८३ लाख ४२ हजार ६६५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ५४ लाख ३२ हजार १९२ जना कोरोना संक्रमण मुक्त भएको छ भने २६ लाख ८६ हजार १९१ जना उपचाररत छन् ।
त्यस्तै १५ हजार ४१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा हालसम्म १६ हजार ९४३ जनाको मृत्यु भएको छ भने ८ लाख ७३ हजार ७५१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ८ लाख ६७ हजार ३९४ जनालाई संक्रमण भएको छ भने १७ हजार ५५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ७ लाख ५२ हजार ४८१ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार ९२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा शनिवार ५४ हजार २३२ जना नयाँ संक्रमित थपिएका छन् भने ६३८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया