विश्वभर ८९ लाख सक्रिय संक्रमित

शनिबार रातिसम्म विश्वभर ३ करोड ९७ लाख ९२ हजारको हाराहारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेके संख्या ११ लाख ११ हजार ९६१ पुगेको छ ।
यस्तै हालसम्म विश्वभर कोरोना निको हुनेको संख्या २ करोड ९७ लाख ७९ हजार हाराहारी पुगेको छ । अहिले पनि विश्वमा ८९ लाख सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?