बलिउड अभिनेताका छोरा युवतीकाण्डमा मुछिएपछि…

महाअक्षय चक्रवर्ती बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा हुन् । उनीविरुद्ध मुम्बईको ओशिवारा प्रहरी थानामा बलात्कार उजुरी परेको छ ।

महाअक्षयले एक युवतीलाई बिहेको आश्वासन दिएर गर्भवती बनाइ गर्भपतन गर्न जबरजस्ती गरेको आरोप लागेको छ । मिथुनकी श्रीमती योगितालाई पनि यस प्रकरणमा आरोपी बनाइएको छ । फिल्म दुनियामा काम गर्ने एक कलाकार–मोडलले यी दुई जनाविरुद्ध उजुरी दर्ता गरेको समाचारमा जनाइएको छ ।
पीडित र महाअक्षय २०१५ देखि सम्बन्धमा रहेका थिए भने महाअक्षयले बिहे गर्ने आश्वासन दिँदै ती युवतीसँग शारीरिक सम्बन्ध राख्दै आएका थिए ।

जब ती युवती गर्भवती भइन् महाअक्षयले उनलाई गर्भपतन गराउन दवाव दिन थाले । उनले अस्वीकार गरेपछि यो प्रकरण मिथुनकी श्रीमतीले समेत थाहा पाएपछि युवतीलाई बेस्सरी धम्क्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?