२०७७, १ कार्तिक शनिबार २१:२०

रुपन्देहीमा थप एक संक्रमितको मृत्यु


प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार २१:२०

बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस