हेर्नुहोस् कार्तिक २ गतेदेखी ८ गते शनिवारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्या.वसायमा थोरै समय दिँदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चस्व कायम रहेनेछ । बैंक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहाद्र्धपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । सोमवार र मंगलवारको समय केहि मध्ययम रहेकोले कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्यम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले पति पत्नीका साथ रमाईलो व्यवसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ती जोड्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा अगाडी तपाईको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुशीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ । छोटो दुरिको यात्राको योग रहेको छ । आफन्त तथा अग्रजको आशिर्वादले हौसला बढ्नेछ । बुधवार दिउँसोबाट बिहीवार बिहानसम्मको समय मध्ययम रहेकोले आउने ठाउँबाट रुपैया पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तर पनि बैंक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय राम्रो रहेकोले व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । छोटो वा लामो दुरीको व्यवसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्ती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेको छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ । तर पनि आफन्त तथा अग्रजको सुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मंगलवारसम्मको समय मध्यम रहेकोले बौद्धिक कार्यमा सहभागी भएता पनि उपलब्धी भने नगन्य जस्तै हुनेछ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ भने पति पत्नी बीच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । आफन्तबाट उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । बुधवारबाट समय राम्रो रहेकोले नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुशी हुनेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ती प्राप्त हुनेहुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यवसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईलाई सम्झनेछन् । विवाद तथा प्रतिस्पर्धामा तपाई नै अब्बल हुनेहुनेछ । सन्तान तथा छोराछोरीको सहयोग प्राप्त हुनेछ । सोमवार र मंगलवारको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्बन्धी समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसाय भने फस्टायर जानेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साताको समय मिश्रित रहेकोले आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेको छ । दाजुभाईहरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । छोटो दुरिको व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखि रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । आईतबार,बुधवार र बिहीबारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ । आफन्त तथा समाजका बौद्धिक व्यक्तित्वहरुसँग बिवाद हुने योग रहेको छ । अध्ययनमा अलि बढि समय खर्चिए नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । तर पनि पैत्रिक घर जग्गामा गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयाँ पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

छोटो तथा अर्थपुर्ण उपलब्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउदै अगाडी बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेको छ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ । साताको अन्त शनिबारको समय मध्यम रहेकोले सवारी साधन तथा भौतक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहाला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यवसायमा प्रयत्न गर्दा बढोत्तरिको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा प्रविधिको सहयोग लिँदै निरन्तरता दिन सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । छोटो तथा लामो दुरिको अर्थपूर्ण यात्राको गतिलो योग रहेको छ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तर पनि स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । सोमवार र मंगलवारको समय मध्ययम रहेकोले अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । वैदेशिक क्षेत्रसँग सम्वन्धीत व्यावसाय भने फस्टाएर जानेछ भने यात्रा हुने गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी लघुवित्त, पानि तथा औषधिसँग सम्बन्धीत व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विस्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । बुधवार दिउँसोबाट शुक्रवार बिहानसम्मको समय मध्ययम रहेकोले अनावश्यक ठाउमा श्रम तथा शक्ती खर्च हुनसक्छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । अग्रज तथा आफन्तसँग राय बाजिनेछ । तरपनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय राम्रो रहेकोले सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा वढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जागर आउनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागीर पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । परिवारकासाथ सँगै रहेर मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहानेहरुका लागि समयले साथ दिनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । तरपनि शुभकार्य गर्नको लागि आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि बाटोमा दुःख हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मंगलवारसम्मको समय मध्ययम रहेकोले लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । बुधवारबाट समय राम्रो रहेकोले नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?