सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

खाँदबारी । कोरोना भाइरसको संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका –३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेसनमा बसेका थिए । संक्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?