भारतमा घट्दै सक्रिय संक्रमित, हालसम्म ९.३ करोड कोरोना परीक्षण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४० हजार ६३० पुगेको छ । जसमध्ये ६५ लाख ३० हजार ७५ जना निको भइसकेका छन् ।

यस्तै हाल ७ लख ९५ हजार २२९ संक्रमितको उपचार चलिरहेको छ । यस्तै परीक्षणको तथ्यांक ९.३ करोड पुगिसकेको छ ।

सकारात्मक खबर यो छ कि देशभर सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । २५ राज्य र केन्द्र शासित राज्यमा सक्रिय संक्रमितको केस घटिरहेको हो ।

अरुणाचल, छत्तीसगढ, दिल्ली, हरियाणा, हिमाञ्चल, केरल, मणिपुर, मेघालय, नागाल्याण्ड र पश्चिम बंगालमा संक्रमित संख्या बढ्ने क्रममा ब्रेक लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?