कंगनामाथि केस दर्ता गर्न अदालतको आदेश

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध एफआईआर दर्ता गर्न अदालतले आदेश दिएको छ ।

बलिउडमा हिन्दू र मुस्लिमको नाममा विभाजित बयान दिएको आरोप लागेको छ । उनीमाथि मुम्बईको बान्द्रा कोर्टले केस दर्ता गर्न अर्डर दिएको हो ।

पिटशिनर साहिल अशरफ अली सैयदको अर्जीमा कोर्टले आज उनीमाथि केस दर्ता गर्न आदेश दिएको हो ।

चार दिन पहिला मात्रै उनीविरुद्ध कर्नाटकमा एफआईआर दर्ता भएको थियो । उनीमाथि अपमान गरेको आरोप लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?