वामदेव गौतमको सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण, भेटघाट बन्द

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गौतमको सवारी चालकमा समेत संक्रमण पुष्टि भएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

उनका अनुसार गौतम, उनको परिवार र सचिवालयका सदस्यहरुमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?