दिल्लीविरुद्ध चेन्नईले जित्यो टस, दिल्ली बलिङ गर्दै, सन्दिप आज पनि प्लेइङ ११ मा परेनन्

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३४ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच खेल भईरहेको छ ।

दिल्लीविरुद्धको खेलमा चेन्नईले टस जितेर ब्याटिङ रोजेको छ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टीममा एक परिवर्तन गरेका छन् ।

उनले पीयुष चावलाको ठाउँमा उनले केदार जाधवलाई टीममा राखेका छन् । दिल्लीमा रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आज पनि टीम ११ मा पर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?