भक्तपुर । कवि नवीनप्रकाश श्रेष्ठको नेपाल भाषाको कवितासङ्ग्रह ‘ह्याउँगु स्वांँ हाकुगु हि’ विमोचन गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले ‘ह्याउँगु स्वांँ हाकुगु हि’ कवितासङ्ग्रहको आज संयुक्त रुपमा विमोचन गरेका हुन् । कार्यक्रममा कविकी आमा लक्ष्मीकेशरीले कवितासङ्ग्रहको अग्रपृष्ठ प्रदर्शन गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य राजेन्द्रमानले कविताले जातीय उत्पीडन र भाषिक अधिकारबारे आवाज उठाएको बताए । नगरपालिकाका प्रमुख मदनसुन्दरले कवितासङ्ग्रहले भाषिक संरक्षण र साहित्यिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राज्ञ ध्रुव मधिकर्मी र राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले कवितासङ्ग्रह नेपालभाषा साहित्यको कोसेढुङ्गा सावित भएको विचार राखे।
कवि श्रेष्ठले आफूले कवितामार्फत देशको वर्तमान अवस्थाको चिरफार गर्ने प्रयास गरेको बताए । कवितासङ्ग्रहमा नेपालभाषामा लेखिएका तीस कविता सङ्गृहीत छन् जसमा आफ्ना भाषा, ठाउँ र देशसम्बन्धी विषयवस्तु छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया