काठमाडौं । न्यूजिल्याण्डमा २४ वर्ष पछि कुनै एक पार्टीले नै बहुमत हासिल गरेको छ ।
प्रधानमन्त्री जेसिन्डा आर्डनको लेबर पार्टिले तमाम अनुमानलाई गलत साबित गर्दै बहुमत ल्याएको हो ।
शनिवार भएको भोटिङमा १९ लाखले भोट हालेका थिए । जसमा ४८.९ प्रतिशत भोट र ६४ सीट प्राप्त भएको हो ।
१२० सदस्य रहेको संसदको बहुमतको आँकडा ६१ रहेको छ । ज्यूडिथ कोलिन्सको नेशनल पार्टीलाई २७ प्रतिशत भोट मिलेको छ । एसिटी न्यूजिल्याण्ड पार्टीले १० सीट प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया