मन्त्री श्रेष्ठद्वारा सहिदप्रति सम्मान

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा रहेका सहिदको सालिकमा पुगेर आज माल्यार्पण गरेका छन् ।

मन्त्रीकारुपमा सपथग्रहण गरेको तेस्रो दिन उनहाँले देश र जनताका लागि प्राण आहुति दिने सहिदको शालिकमा माल्यार्पण गरेका हुन् । उनले टेकु पचली, शोभा भगवती, गणेशस्थानलगायतका स्थानमा पुगेर सहिदप्रति सम्मान व्यक्ति गरेका हुन् ।

मन्त्री श्रेष्ठले आजै कोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उनको सालिकमा पनि माल्यार्पण गरेका छन् ।

लामो समयदेखि काठमाडौं उपत्यकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी नेतृत्व गर्दै आएका उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा निर्वाचित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?