१४ मङ्सिर २०८०, बिहीवार

सवारीसाधनको अभाव भएपछि ९ दिनका लागि रुट परमिट खुला

२०७४,आश्विन,११,बुधबार ०३:१७

9
Shares

काठमाडौँ, ११ असोज- पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका इलामलगायतका ठाउँमा यात्रुबाहक बसको अभाव भएपछि यातायात व्यवस्था विभागले सडक इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।विभागका अनुसार असोज ११ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरिएको हो । यससँगै उल्लेखित ठाउँमा रुट परमिट नभएका बसहरू पनि यात्रु लिएर जान–आउन पाउनेछन् ।‘यस्तो रुट परमिट सार्वजनिक यात्रुबाहक सवारीसाधनका लागि मात्र उपलब्ध हुनेछ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने । विभागका अनुसार दसैँमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने यात्रुको यात्रालाई सरल र सहज बनाउन रुट परमिट खुला गरिएको हो । अघिल्ला वर्षहरूमा पनि दसैँमा रुट परमिट खुला गर्ने गरिएको थियो, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०३:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

कोशी टप्पुमा आउन थाले विदेशी चरा
 २०८०,मङ्सिर,१४,बिहीवार ११:०५
लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर
 २०८०,मङ्सिर,१४,बिहीवार ११:००
दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९