हेर्नुहोस् २०७७ साल कार्तिक २ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल कार्तिक ०२ गते । आईतवार । इ.स.२०२० अक्टोबर १८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । आश्विन शुक्लपक्ष । तिथी–द्वितीया,२१ बजेर ०५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती,१२ बजेर ४३ मिनेट उप्रान्त विशाखा ।

योग–प्रिती,२२ बजेर १० मिनेट उप्रान्त आयुष्मान । करण–बालव,१० बजेर १६ मिनेट उप्रान्त कौलव,२१ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेटमा, सूर्यास्त १७ बजेर ३० मिनेटमा । दिनमान २८ घडी २९ पला । शारदीय नवरात्र। चन्द्रोदय।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यवसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शत्रुमाथि वीजय गर्न सकिनेछ तथा आँट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछि सम्म आम्दानी भईरहने व्यवसाय शुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा अग्रजबाट सहयोग नपाईने हुनाले व्यापार व्यवसायमा लगानि गर्न सकिनेछैन । भौतिक सम्पति तथा उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । जोखिम मोलेर काम नगर्नुनै राम्रो रहनेछ । सरकारि तथा प्रशासनिक कामबाट घाटा हुनेछ । माया प्रेममा मनमुटाव बढ्ने तथा धोका हुनेछ । उधारो कारोबार नगुर्न नै राम्रो रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अरुकै काममा समय व्यातित हुदा आफ्नो कामभने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । अध्य व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मिहेनतको फल अरुले हत्याउन कोशिष गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुख दिनेहरु सक्रिय हुनेछन् । व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागि केही समय पर्खदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शंका बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबित विश्वास बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो दुरिको यात्राको लागि समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक मुनाफामा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । भौतिक सम्पत्ती हात लागि हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्यक्षेत्रमा राम्रो काम गर्न नकस्दा मान सम्मानमा कमिको महशुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनोले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । धार्मिक तथा शैक्षिक यात्रा भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । सरकारि तथा प्रशासनि काममा ढिलाशुस्तिको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?