ब्यांग्लोरलाई राजस्थानले दियो १७८ रनको टार्गेट, कोहलीलाई आईपीएलमा सबैभन्दा धेरै अर्धशतक हान्ने मौका

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३३ औँ म्याचमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर र राजस्थान रोयल्सबीच खेल भईरहेको छ ।

दुबईमा भईरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको छ ।

राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए । अबको केहि समयपछि ब्यांग्लोर ब्याटिङका लागि मैदान उत्रिनेछ ।

ब्यांग्लोरका कप्तान विराट कोहलीलाई आर्यपीएलमा सबै भन्दा धेरै अर्धशतक बनाउने मौका रहेको छ। राजस्थानलाई भने टुर्नामेन्टमा रहिराख्न यो खेल जित्नै पर्ने दबाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?