तेस्रो जितको खोजिमा बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना गेटाफेसँग भिड्ने छ । बार्सिलोनाले गेटाफेसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र गेटाफेबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

बार्सिलोना गेटाफेलाई पराजित गर्दै तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पाँचौ स्थानको बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ ।

गेटाफे ४ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?