ला लिगा फुटबल : रियल मड्रिड र क्याडिज भिड्दै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज रियल मड्रिडले घरेलु मैदानमा क्याडिजसँग भिड्ने छ । रियल र क्याडिजबीचको खेल राति १०:१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा रियल चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । रियलले ४ खेलमा ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ । रियल तालिकाको शीर्ष स्थानमा रहेको छ । तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थान कायम राख्न चाहन्छ ।

पाँच खेलमा २ जितसहित ७ अंक जोडेको क्याडिज सातौं स्थानमा रहेको छ । रियललाई प।ाजित गर्दै क्याडिज अंक तालिका सुधार गर्न चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?