चीनमा कोरोना उपचारका लागि बेचिन थाल्यो औषधि, कति हो मूल्य ?

काठमाडौं । चीनले आफ्नो जियाक्शिन शहरमा आपत्कालीन स्थितीमा सिनोभ्याक कोरोना भ्याक्स्ीन बेच्न दिएको छ । भ्याक्सीनको मूल्य पनि निर्धारण गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्च जोखिमका लागि ६० डलरमा भ्याक्सीन बेचेको हो ।

रोग नियन्त्रण तथा रोकथामले सोसल मिडिया वीच्याटमा एक बयान दिँदै कोरोनाभ्याक नामक भ्याक्सीन २०० यूआनमा किन्न सकिने बताएको हो । तर यो भ्याक्सीनको तेश्रो चरणको ट्रायल चलिरहेको छ ।

कम्पनीले आपत्कालीन स्थितीका लागि मात्र यसको प्रयोग गर्न बताएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?