काठमाडौंको बालाजुमा दुई विद्यालका विद्यार्थीबीच ग्यान फाइट

काठमाडौं, ४ चैत । काठमाडौंको बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ परेका छन् ।काठमाडौंको तारकेश्वर–१०, बालाजुमा दुई विद्यार्थीबीच ग्याङ फाइट भएको हो । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् ।उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका थिए ।घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य डिस्चार्ज भएका छन् ।महानगरीय प्रहरी वृत, बालाजुका डिएसपी विश्वराज खड्काका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दामा जिज्ल्ला प्रशासन कार्यलयबाट ५ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?