१४ जेष्ठ २०८०, आईतवार

आज फूलपाती भित्र्याइँदै

२०७४,आश्विन,११,बुधबार ०२:४६

0
Shares

काठमाडौँ, ११ असोज (रासस)बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ ।घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा

काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये किराँत-लिच्छवीकालदेखि सुरु भएको भनिएको काठामाडौंको हाँडीगाउँ (नर:)मा गहना खोज्ने जात्रा (तिसा: मालिगु जात्रा) अरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९