मिथुन चक्रवर्तीकी श्रीमती र छोरामाथि लाग्यो बलात्कार र गर्भपतन गराएको आरोप

काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवर्तीकी श्रीमती योगिता बाली र छोरा महाअक्षयमाथि बलात्कार र गर्भपतन गराउन लगाएको आरोप लागेको छ ।

उनीहरुविरुद्ध ओशिवारा पुलिस थानामा बलात्कार गर्भपतन गराउन लगाएको केस दर्ता भएको छ । यो आरोप फिल्म इण्डस्ट्रीमा काम गर्ने एक अभिनेत्री तथा मोडलले लगाएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पीडित महिलाले उनी २०१५ मा महाक्षयसँग रिलेशनमा रहेको बेला विवाहको आश देखाएर प्रेगनेन्ट बनाई गर्भपतन गराउन लगाइएको हो ।

पीडितका अनुसार महाअक्षयले २०१५ मा उनलाई घरमा बोलाएको र ड्रिंकमा नशालु औषधि दिएर शरीरिक सम्बन्ध बनाएको बताएकी छन् ।

उनले ४ वर्षसम्म विवाहको आश देखाए पनि अहिलेसम्म विवाह नगरेको उनले आरोप लगाएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?